आमिर र कटरीना पुनः एकसाथ पर्दामा

वैशाख २९ । यशराज फिल्म्सको मेगा प्रोजेक्टमा बन्न लागेको आमिर खान र अमिताभ बच्चनको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा नायिकाको रुपमा कटरीना कैफले अभिनय गर्ने भएकी छिन् ।

अभिनेता खानले ट्विटरमा शेयर गर्दै लेखेका छन्, ‘अन्ततः हामीले हाम्रो ठग भेटेका छौं कटरीना । कैटलाई स्वागत छ ।’ कटरीना अहिले अबुधाबीमा आफ्नो नयाँ फिल्म ‘टाइगर जिन्दा है’ को छायांकनमा व्यस्त छिन् ।

चलचित्रका निर्देशक अली अब्बास जफर हुन् र यसमा सलमान खान मुख्य भूमिकामा छन् । यो फिल्म २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो । ठग्स अफ हिन्दुस्तानमा आमिर, कटरीना र विजय कृष्ण आचार्य एकपटक फेरी काम गर्दैछन् । आचार्य यो फिल्मका निर्देशक हुन् ।

यी तीनले यसभन्दा अगाडि ‘धूम ३’ मा एकसाथ काम गरेका थिए । आमिर र बच्चन भने पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । कटरीना र बच्चनले भने ‘सरकार’ र ‘बूम’ मा एकसाथ काम गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्