घरमा कोही दम रोगी त हुनुहुन्न ? यी हुन थाहा पाउनै पर्ने कुराहरु

परिचय

श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित यस रोगमा मुख्य श्वास नली र फोक्सोभित्रका ठूलासाना उपश्वासनलीहरूकोम्युक्स मेम्बर्नस सुनिने, श्वास नलीभित्रका मांसपेसी खुम्चिने आदि विभिन्न कारणले साँघुरेर र अवरोध भईमानिसलाई श्वास फेर्न अप्ठेरो वा गाह्रो भएको अवस्थालाई दम (Bronchial Asthma, ब्रोन्कियल आज्मा)
 भनिन्छ ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीकोसम्पर्कमा आउँछन्, यस अवस्थामा फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। जसले हावाको नलीकोचारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ।  यसले गर्दा नली साँघुरो र कडा हुन्छ । कहिलेकाहीँ टाँसिनेपदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर फोक्सोमा हावा आउने बाटोमा अवरुद्ध हुन्छ र बिरामीलाई श्वासफेर्न असजिलो हुने, खोकी लाग्ने र खोग्दा छातिबाट प्रायः घ्यारघ्यार  आवाज आउने हुन्छ ।  त्यसैकारणले गर्दामानिसमा श्वास फेर्न पटक-पटक गाह्रो हुने गर्दछ।

दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रैइरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई चिकित्सकीय भाषामा टृगर भनिन्छ। जसले दमको स्तिथि पैदा गर्छ|

अमेरिकन डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमन सर्भिस, नेसनल हार्ट, लङ एन्ड ब्लड ईन्स्टिच्युटको तथ्यपत्र अनुसारमधुमेह र उच्च रक्तचापजस्तै दम पनि दीर्घरोग हो । एकपटक दम विकसित भएपछि जीवनभरि रहिरहन्छ । निकोहुँदैन । कुनै लक्षण नदेखाए पनि, तपाईं सन्चै अनुभव गर्दै रहे पनि वा दुःख नदिए पनि अस्थमा रहेकै हुन्छ र कुनैपनि समय हुन सक्छ । विशेषज्ञले विभिन्न औषधि उपचारको माध्यमले अस्थमालाई राम्ररी व्यवस्थापन गरेरतपाईंको दैनिक जीवनलाई सामान्य बनाउँछन् ।

खोकी र दम फरक-फरक स्थिति हुन्। खोकी फोक्सोबाट हानिकारक तत्त्व निकाल्न सहयोग गर्ने, शरीरको सामान्य क्रिया हो भने दम जसले फोक्सोको हावा भित्र-बाहिर निस्कने नलीलाई प्रभावित गर्दछ । दममा हावाको नलीको मांसपेशी खुम्चिन्छ, जसले गर्दा व्यक्तिलाई सास फेर्न गाह्रो हुन्छ । र, उनीहरू प्रायः धेरै खोकिरहन्छन्। स्थायीखोकी दमको एउटा लक्षण हुन सक्छ। खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्यक्रिया हो। यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरस हुन्छ। यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छभनेचाहिँ यो फोक्सोमा समस्याको संकेत हो।

हरेक वर्ष मे 1 तारिकलाई विश्व दमदिवसको रुपमा, विभिन्न कार्यक्रम गरी मनाईन्छ।

प्रभावित वर्ग

दमको रोगसँग उमेरको कुनै सम्बन्ध छैन । यो रोग के महिला, के पुरुष, के युवा, के बालबालिका, के बूढापाका सबैलाई लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनअनुसार विश्वमा करिब २३ करोड ५० लाख व्यक्ति दमको समस्याले पीडित छन्, ७० लाख बालबच्चा छन । हरेक वर्ष करिब दुइ लाख ५० हजार व्यक्तिको यसै रोग बाट मृतु हुनेगर्छ । यो रोग कुनै पनि उमेरमा हुन सक्छ । चिसो याम सुरू हुनासाथ दमले बढी सताउनेहरूको संख्या कम छैन ।बालबालिकामा हुने सामान्य दीर्घरोग समेत हो यो।

वैज्ञानिकहरूले एउटा अध्ययनमा पाए अनुसार घरपालुवा कुकुरको छालामा पाइने धुलोमा बाल्यकालमा हुने दमको रोगकोजीवाणुसँग लड्ने क्षमता हुन्छ । उक्त धुलोमा श्वाससम्बन्धी संक्रमणको बाहक जीवाणु (रेस्पिरेटरी सिक्टियल वाइरस) सँगलड्ने क्षमता थियो ।उनीहरूको अनुसार यो खोजले अगामी दिनहरूमा बच्चामा दमको चिकित्सा विधिमा परिवर्तन ल्याउँछ ।उक्त जानकारी सनफान्सिस्कोमा अमेरिकन सोसाइटी अफ माइक्रोबायलोजीको एउटा बैठकमा दिइएको हो ।

कारण

दम धेरै कारणले हुन्छ, जस्तो कि मौसमको स्थिति, कुनै खाद्य पदार्थ, दबाई, गन्ध वा अन्य कारक तत्वहरु। कुनैपनि उमेरमा हुन सक्छ। ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ। ३० वर्षभन्दा माथिकालाईवातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ।

  • बंशाणुगत कारण पनि एक मानिएको छ। विंशाणुगन अर्थात् तपाईको परिवारमा कसैलाई दमको रोग छ भने त्यस परिवारका अन्य सदस्यलाई पनि हुने सम्भावना बढी हुन्छ ।
  • वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ।
  • धुम्रपान, वायु प्रदूषण, भान्साको धूवाँ आदिले पनि दम हुन सक्छ । धुम्रपान छोडेपछि मात्रै यो समस्यामाक्रमशः कमी आउँछ । तपाईलाई पहिलेदेखि नै दम छ भने यस यसको तव्रि वृद्धिमा कमी आउँछ ।
प्रदूषितवातावरणमा काम गर्नाले पनि दमको समस्या हुन सक्दछ । घरभित्र र बाहिरको वायु प्रदूषणले पनि यो रोग हुनसक्दछ । कोइला, धूलोमा काम गर्नुपर्ने बाध्यतासमेत यो रोगको कारण हुन सक्छ । अझ गाउँघरमा गुइठा वादाउरामा खाना पकाउनु, भान्साकोठामा धुवाँको उचित निकास नहुनुले समेत दम देखिन सक्छ ।
  • रुघाखोकीमा लापरबाही, चिसो र कफ बढाउने खालका खानाहरूको बढी प्रयोग, कुनै खाद्य वस्तुको एलर्जीले पनि दम हुन्छ ।
  • बाल्यावस्थामा छातीको संक्रमण, न्युमोनिया, ब्रोंकाइटिस भएका व्यक्तिहरूलाई सामान्य रुघाखोकी लाग्ना साथ दम बढ्ने खोकी लाग्ने हुन सक्छ ।
  • केही मानिसहरूमा मनोवैज्ञानिक समस्याहरूले गर्दा भावनात्मक तनावले पनि दम हुन सक्छ । एक अध्ययनले के देखाएको छ भने २५ प्रतिशत युवा दम रोगीहरुमा गहिरो भावनात्मक असुरक्षा र आमाबुबाको मायाको अभावका कारण पनि यो रोग लागेको छ ।
  • .

रोगको लक्षण

रोग भएमा देखिने प्रमुख लक्षणहरु
- श्वास प्रश्वासमा गाह्रो भएको जस्तो वा अप्ठेरो हुन्छ । दमका रोगीहरु छिटछिटोसास फेर्ने वा स्वा“..स्वा“ गरिरहन्छन् । त्यसमा पनि अझ श्वास लिँदाखेरी भन्दा पनि श्वास बाहिर फ्याँक्दा दुवैअवस्थामा घ्यार घ्यार आवाज सुनिन्छ ।
सास फेर्दा सिटी बजेजस्तो हुन सक्छ । फोक्सोसम्म हावा लैजाने नली खुम्चिनाले गर्दा यस्तो भएको हो । यसै खुम्च्याइले गर्दा पछिल्लो सास फोक्सोबाट निक्लिन नपाइ पुनः सास लिन पुग्छ । यसो हु“दा फोक्सो फुल्लिन्छ ।

दमका रोगीलाई सबैभन्दा साह्रो राति सुत्ने बेलामा पर्छ, खोकी प्रायः राति लाग्नु तथा खोकीले गर्दा निद्रामा अवरोध हुने रसुत्न अप्ठेरो भएर बसिराख्नु पर्छ। सुख्खा प्रकारको खोकी लाग्छ, बारम्बार खोकीको अनुभव हुन सक्छ र खोकेपछिच्याप-च्याप लाग्ने किसिमको खकार आउने गर्दछ।

छातीमा दुख्छ। 
निधारमा पसिना आउछ।
 झरी परेको बेलामा, हिउदमा, पूर्वको हावा आउदा र चिल्लो, गुलियो खाएको बेला रोग ले बढी चाप्छ।

शरीरमा अक्सिजनको मात्रामा कमी भई ओठ, औंला, अनुहार हर्दा नीलो रङ्ग देखिन्छ।

दमको सुरुवात अचानक र क्रमशः दुवै तरिकाले हुन्छ । अचानक दम सुरु हुँदा रोगीलाई खोकी लाग्छ । जब दम विस्तारै सुरु हुन्छ, त्यसबेला दमको असर सामान्यतः साससम्बन्धी संक्रमणबाट हुन्छ ।

दमको गम्भीर असर पर्दा रोगीको हृदयको धड्कन एवम् सासको गति बढ्छ र रोगीलाई बेचैनी र थकान महसुस गर्दछ । त्यस्तो बेला रोगीलाई खोकी आउने, छातीमा केही अड्केजस्तो हुने, खुब पसिना आउने र उल्टीसमेत हुने गर्दछ ।

दमको गम्भिरताको प्रकार

रोग लागेको समयावधि रोगको लक्षण तथा दमको अवस्थाअनुसार यसलाई तीन भागमा बाँड्न सकिन्छ ।

क) सामान्य अवस्था: दमबाट प्रभावित व्यक्ति बोल्दाखेरी पूरै वाक्य अर्थात् आफ्नो कुरा बोल्न सक्छ भने यो हल्काखालको सामान्य अवस्था हो ।

ख) यसै प्रकार बोल्न असजिलो हुन्छ । बोली अड्किन्छ भने यो मध्यमखालको अवस्था हो ।

ग) यसैगरी दमबाट प्रभावित व्यक्ति च्यापेको बेला एक शब्द पनि बोल्न गाह्रो हुन्छ भने यो गम्भीर अवस्था हो ।

 

नियन्त्रणका उपायहरु:

दमको उचित नियन्त्रणका लागि यस सम्बन्धी जनचेतना पहिलो अपरिहार्य उपाय हो । जनचेतनाले आफ्नासमस्याहरुलाई नियन्त्रणमा राख्न र आफ्नो परिवारलाई दमबाट बचाउन प्रोत्साहित गर्छ । र्सवप्रथम त जुन कुराकोएलर्जी हुन्छ त्यसबाट टाढा रहने जस्तो कि उदाहरणको रुपमा यदि तपाईमध्ये कोही कसैलाई धुलो, धुवाँको एलर्जीलेगर्दा दम बढ्ने गर्दछ भने उक्त धुलो र धुवाँबाट सकेसम्म टाढा रहनु पर्दछ । यसो गरेमा सजिलैसंग दम बढ्नेसमस्याबाट बच्न सक्छौ ।

प्रायः त धेरैजसोलाई जाडो वा चिसो मौसममा चल्ने चिसो हावाले गर्दा दम एकदमै बढ्ने र श्वासप्रश्वासमा बाधापुर्‍याउने गर्दछ । त्यसैले चिसो हावामा बाहिर नहिँड्ने, नबस्ने चिसो खानेकुराको सेवन नगर्ने गरेमा सजिलै दम बढ्नेसमस्याबाट बच्न सक्छौ । जाडो याममा बिहानबेलुका चिसोमा निस्किनु हुन्न । दम पीडितले उपयुक्त व्यायाम गर्नछुटाउनु हुन्न, बिहान होइन दिउँसो हिँड्नुपर्छ । दम भएकाहरूले चिकित्सकको सल्लाहअनुसार न्यूनतम ३० मिनेट ठीकैखालको शारीरिक गतिविधि गर्नुपर्छ । दम नियन्त्रण छ भने व्यायामले समस्या गर्दैन । तातो पानीको बाफ लिने बानीबसाल्नु पर्दछ।

त्यसैगरी श्वास फेर्न धेरै नै गाह्रो भएको बेलामा भने विरामीलाई अग्लो शिरानी दिएर अर्ध सुताइ अवस्थामा बसाल्नुपर्दछ । जसले गर्दा श्वास फेर्न अझ सजिलो हुन्छ । । त्यसको साथसाथै दमसंगै देखापर्ने विभिन्न श्वासप्रश्वासकारोगहरुको समयमै उपचार गर्नुपर्दछ । यसो गरेमा पनि दम समेत निको हुने वा थोरै भए पनि कम भएर जान्छ

कुहिरो र हुस्सु लागेका चिसो याम सुरु हुनासाथ कतिपय व्यक्तिलाई छातीमा भारीपना महसुस हुन थाल्छ, सास फेर्नमाकठिनाइ सुरु हुन्छ । यो समस्या अन्य मौसममा नदेखिने भने होइन । चिसो याममा रोगीलाई दमले अटयाक गर्ने खतराबढ्छ, यसो हुनुको कारण ती-ती व्यक्तिमा श्वासनलीको दीर्घरोग दम अर्थात् अस्थमा बल्झिनु हो । चिसो याममासाससम्बन्धी संक्रमण टन्सिलाइटिस, फेरेन्जाइटिस, ब्रोङ्काइटिसको खतरा समेत बढ्ने गर्छ । यस्तो समयमा सास र दमकारोगीले विशेष सावधानी अपनाउनु आवश्यक छ । कहिलेकाहीँ स्थिति कतिसम्म बिगृन्छ भने श्वासनली खुम्चिएको कारणरोगीले पर्याप्त अक्सिजन पाउन सकिरहेका हुँदैनन्, यस अवस्थामा रोगीलाई भेन्टिलेटरसम्म नपुर्‍याउँदा ज्यानको खतरा हुन सक्छ ।

दम पुरानो भएकाले यसमा बिरामीले स्वयं पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ । स्वास्थ्यकर खानपानको बानी, आफूले गर्ने कामको प्रकृति, काम गर्ने ठाउँ, बस्ने सुत्ने ठाउँको उचित व्यवस्था, नियमित र व्यवस्थित दिनचर्या, मौसम र शरीरअनुकूलको पोषाक, चिन्ता, तनाव, मुक्त, दैनिकीजस्ता कुराहरूमा राम्ररी ध्यान दिनुपर्छ ।सामान्य अवस्थामा दाल, भात, रोटी, हरियो तरकारी, गेडागुडीको झोल, जाउलो सन्तुलित एवं पोषिलो आहार लिनुपर्छ । औषधि उपचारको माध्यमले यस रोगका विशेषज्ञहरूले दमलाई व्यवस्थापन गरेर तपाईंको दैनिक जीवनलाई सामान्य बनाउँछन् । जसले गर्दा तपाइको दिनचर्या सहज हुन जान्छ ।

जटिलताहरू

दम भएका बिरामीले विचार गर्नुपर्ने कुराहरू: दममा लापरबाही गरेमा समस्या बढेर मुटु आदिमा जटिलताहरू उत्पन्न हुन्छ। जस्तै मुटु सुनिने, न्युमोनाइटिस, सीओपीडी अर्थात् क्रोनिक आवस्ट्रेक्टिभ पल्मोनरी डिजिज आदि हुन सक्छ। दमले सिकिस्त भएको अवस्थामा सही उपचार नभएमा रोगीको ज्यान जाने सम्भावना हुन्छ।

सावधानी

चिसोबाट आफूलाई बचाउने, जाडोमा हरेक समय न्यानो लुगा लगाउने, चिसो पेयपदार्थ, आइस्त्रिम नखाने, बिहान-बेलुकी घरबाहिर ननिस्कने, बालबालिकालाई सिरक ओढाएर सुताउने। दमको आक्रमण प्रायः राति नै हुने भएकाले राति करिब सात बजेतिर हल्का खाना खाने, भीडभाड भएको ठाउँमा नजाने। कुहिरो र हुस्सो लागेको बेला नहिँड्ने। धूलो, धूवाँबाट बच्ने। धूमपान नगर्ने, सुत्ने कोठामा हिटरको प्रयोग नगर्ने। घरपालुवा जनावरबाट टाढा रहने, घरपालुवा जनावरलाई सातैपिच्छे नुहाइदिने, एयरटाइट गद्दा र शिरानी उपयोग नगर्ने, करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने। उपचरको लागि सबै भन्दा पहिले कुन कुराले गर्दा एलर्जि भएको हो त्यो थाहा पाए रोग सधैको लागि निर्मुल पार्न सकिन्छ एलर्जीको परीक्षण गराउनु पर्छ। नत्र साल्बुटामओल् जस्ता औषधी सधै खानु पर्ने हुन्छ। डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।

दमका रोगीले चिसो, चिल्लो, भैंसीको बाक्लो दुध, दही, केरा, दूधबाट बनेको परिकार, मिठाई, अण्डा, पनिर, च्याउ, फर्सी, पिँडालु र चिल्लोमा तारेको आदि खानेकुराबाट परहेज गर्नुपर्छ । यस्तै चुरोट, बिँडी, खैनी, गाँजा तथा मद्यपानको प्रयोग गर्नु हुँदैन ।

दमका रोगीले घर होस् भनेर भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ ।

निस्कर्ष

भनिन्छ, आँटिलो काम गर्न दम चाहिन्छ। मुटु दह्रो हुनेहरूले अर्थात् मुटुमा दम हुनेहरूले हिम्मतिलो काम गर्छन्। सबैलाई थाहा छ, दम भयो भने काम गर्न गाह्रो हुन्छ। तर जमैकाका स्टेभ मुलिङले यो कुरा गलत प्रमाणित गरेका छन्। मुटुमा दम भयो भने काम फत्ते गर्न फोक्सोको दमले रोक्दैन भन्ने कुरा मुलिङले हालै अमेरिकामा सम्पन्न १ सय मिटर दौडको उपाधि जितेर पुष्टि गरेका हुन्। अघिल्लो वर्ष कीर्तिमानी धावक उसैन बोल्टलाई हराएर सनसनी मच्चाएका अमेरिकी धावक टाइसन गेलाई पराजित गर्न मुलिङका लागि दम रोग बाधक बनेन। दमका रोगी मुलिङले सास रोकेर दौडिँदा उनको फोक्सोको चाप निकै कम भैसकेको थियो। त्यसैले दौड पूरा गरिसकेपछि केही बेर उनलाई अक्सिजन दिनुपरेको थियो। यसअघि ९ दशमलव ८ सेकेन्डमा १ सय मिटर दौड पूरा गरेर आफ्नो कीर्तिमान बनाएका मुलिङले यसपटक उही दूरी पार गर्न १० दशमलव २६ सेकेन्ड लगाए अर्थात् कमजोर दौडेर पनि जिते, तर उनले प्रमाणित गरे कि मुटुमा दम भए छातीको दमले रोक्दैन।

डा. बद्री पौडेलको वेभसाइटबाट साभार

कमेन्ट गर्नुहोस्