रेणु दाहाल भन्छिन्– अनावश्यक विवाद बनाएर मतगणना ढिला गरियो

चितवन, जेठ १ । भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेणु दाहालले मतगणनाका बारेमा अनावश्यक विवाद सिर्जना गरिएको बताएकी छिन् ।

मतपेटिकाभित्र रहेका मत गणनासम्बन्धी विवादका कारण अहिलेसम्म भरतपुर महानगरपालिकाको मतगणना हुन सकेको छैन ।

“हुँदै नभएको विवाद सिर्जना गरिएको छ ।” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै दाहालले भनिन्, “दलहरुबीच पनि विवाद छैन तर किन ढिला गरिँदैछ, बुझ्न सकिएन । अनेक बहना गरेर मतगणना पछि सार्न खोजिएको छ, भरतपुर महानगरको चाँडो मतगणना गरियोस् । ”

याे पनि पढ्नुस  महानगरले देशलार्इ अावश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षाका लागि विशेष भूमिका खेल्छ : रेणु दाहाल

आज बिहान बसेको बैठकमा निर्वाचन अधिकृतले मतपेटिकाभित्र रहेको सबै मत गणना गरिनुपर्ने बताएपछि विवाद भएको थियो । दाहालका अनुसार, दलहरुले भने बैठकमा केही दुई चार मत तलमाथि भए त्यो स्वीकार गरिने तर अस्वभाविकरुपमा मतपेटिकाभित्र मतदान केन्द्रको मुचुल्काभन्दा बढी मत भए त्यो नमान्ने सहमति गरेका थिए । “निर्वाचन अधिकृतको लापरवाही भयो” दाहालले भनिन् ।

याे पनि पढ्नुस  रेणु दाहालको पहलमा महानगर मातहतमा अाए २३ वटा स्वास्थ्य संस्था र १२७ स्वास्थ्यकर्मी

मतगणना कार्य ढिला भएपछि आफ्ना बारेमा समेत अनावश्यक टिप्पणी गरिएकोमा दाहालले आक्रोश व्यक्त गरिन, “मैले यो भने, त्यो भने भनेर समेत प्रचार गरिएको छ । मैले यो विषयमा केही भनेकी छैन । न त दलहरुबीच नै त्यस्तो गम्भीर विवाद छ । आफूले जनताले दिएको मतको कदर गर्ने हो । मलाई बदनाम गर्ने तत्वहरुले अनावश्यक हल्ला फैलाइरहेका छन् ।”

याे पनि पढ्नुस  यी हुन् भरतपुरका ठूला योजना, जसले महानगरको मुहार परिर्वतन हुनसक्छ

बिहान १० बजे बैठकमा सहमति भएपनि निर्वाचन अधिकृतले फेरी मतपेटिकामा भएका सबै मत गणनायोग्य हुनुपर्ने बताएपछि विवाद थपिएको थियो । त्यसपछि १ बजे सर्वदलीय बैठक बस्ने भनिएपनि त्यो दुई बजेका लागि सारिएको थियो । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

कमेन्ट गर्नुहोस्