काभ्रे र भक्तपुरका रोकिएका ठाउँमा मतदान हुँदै

काठमाडौं, जेठ ३  । मतदान स्थगित भएको काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा  मतदान सुरु भएको छ । जनक मावि केन्द्रमा मतदान सुरु भएको हो । गएको शनिबार गोली चल्दा स्थानीय नवराज पाठकको ज्यान गएपछि त्यहाँ मतदान रोकिएको थियो ।

याे पनि पढ्नुस  पुन मतदान गर्न माग गर्दै आयोगमा मुद्धा

यस्तै धुलिखल नगरपालिका वडा नम्बर १२ मा पनि मतदान सुरु भएको छ । धुलिखेलको शंखेश्वरी मावि र सामुदायिक भवन इट्टेमा मतदान सुरु भएको हो  । राप्रपाका उम्मेदवारको निधन भएपछि त्यहाँ चुनाव रोकिएको थियो । यसैबिच भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि मतदान हुँदैछ ।

याे पनि पढ्नुस  कहाँ कति मत खस्यो ? जम्मा ६५ प्रतिशत मतदान

चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा मतदान भइरहेको हो ।   यो केन्द्रमा गएको आइतबार मतदानका क्रममा आफ्नो चुनाव चिन्ह ‘मादल’ नै नभएको मतपत्र वितरण गरिएपछि नेपाल मजदुर किसान पार्टीले विरोध गरेपछि फेरि मतदान भएको हो ।

याे पनि पढ्नुस  प्रतिनिधि र प्रदेश सभाको मतदान गर्ने सहि तरिका (भिडियाेमै हेराैँ)

कमेन्ट गर्नुहोस्