पुन मतदान गर्न माग गर्दै आयोगमा मुद्धा

सिन्धुपाल्चोक, जेठ ४ । सहमती अनुसार मत गणना नभएपछि बलेफि गाउँपालिका वार्ड नं २ को निर्वाचन बदर गर्न माग गर्दै निर्बाचन आयोगमा मुद्धा दायर भएको छ ।
बलेफि गाउँपालिका वार्ड नं २ का तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चौतारामा मुद्धा दायर गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बलेफि गाउँपालिका वार्ड नं २ मा गत बैशाख ३१ गते भएको मतदानका क्रममा फुल्पिङ्कोट माविको “ख” बुथका मतदान अधिकृत भरत शाह रौनियारले नियतबस ११ वटा मतपत्रमा हस्ताक्षरै नगरी मतदातालाई दिएपछि बिवाद भएको थियो ।

याे पनि पढ्नुस  काभ्रे र भक्तपुरका रोकिएका ठाउँमा मतदान हुँदै

मतदाताले हस्ताक्षरै नभएको मतपत्र भेटेपछि मतदान स्थगित गरिएको थियो । निकासका लागि मतदान अधिकृत, सबै राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकाय बसेर हस्ताक्षर नभएका मतपत्र गन्ने सहमती गरेका थिए । तर बलेफि गाउँपालिकाको कार्यालयमा मत गणनाका क्रममा सहमती अनुसार काम नभएपछि माओवादी बिरोधमा उत्रिएको थियो । मतदान अधिकृत रौनियारले आफुले ११ वटा मतपत्रमा हस्ताक्षर नगरेको स्वीकार गर्दै सर्बपक्षिय सहमती पत्रमा हस्ताक्षर नभएको मतपत्रको नम्बर समेत उल्लेख गरि गणना गर्ने भन्दै हस्ताक्षर गरेका छन् । तर सहमती अनुसार गणना भएन, माओवादीका बलेफि २ का उमेदवार पुरुषोत्तम सापकोटाले भने ।

याे पनि पढ्नुस  रुकुमका दुई मतदान केन्द्रमा मतदान शुरु

उनका अनुसार गणना नगरिएका ११ मत सबै माओवादीलाई छाप लागेका छन् । माओवादीका २ जना सदस्यले ४ र ७ मतले हार बेहोरेका छन् । ती ११ मत गनिएमा हाम्रा २ सदस्य जित्नेछन त्यहि भएर गनिएन, धाँधली भयो सापकोटाले भने । हामीले पुःन मदतानको माग गरेका छौं । त्यहि भएर हामीले कि ती मतपत्र र गणना कि पुन मतदान भनेका हौं उनले भने । मुद्धा दायरका क्रममा मुख्य निर्वाचन अधिकृतले आफुहरुको मागलाई केन्द्रमा पुर्याईदिने प्रतिवद्धता जनाएको सापकोटाले बताए । आयोगले यसबारे छानविन गरेमा बलेफि गाउँपालिकाको निर्वाचनसंग जोडिएका सपथ लगाएत सबै प्रक्रियामा असर पर्ने बताईएको छ।

याे पनि पढ्नुस  निर्वाचनका लागि एकतिस दल दर्ता

कमेन्ट गर्नुहोस्