गंगा र निरुको सुमधुर आवाजमा ‘मायाको देशै रमाइलो’ बजारमा

काठमाडौं, जेठ ८ । मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत ‘मायाको देशै रमाइलो’ बजारमा आएको छ ।

खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्षदेखि निकै उत्कृष्ट गीतहरु बजारमा ल्याउने क्रममा अर्को प्रस्तुति अहिलेसम्मकै उत्कृष्ट उत्पान्दनको रुपमा हेर्न सकिने गीतको म्युजिक भिडियोमा मोडल सन्दिप र बर्षाको रहेको छ । उक्त गितको छायांकन देबराज आचार्यले गर्नुभएको छ।

याे पनि पढ्नुस  वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको सुमधुर आवाज

अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक पुर्णिमा बुढा मगरको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । देबराज आचार्य पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन । सोही छायाँकार देबराज आचार्यको छायांकनमा तयार भएको गीत आजबाट बजारमा आएको छ ।

याे पनि पढ्नुस  बाल कलाकार अशोक दर्जीको गीत ‘मन बिनाको धन’ ले युट्यूवमा पहिलो दिनमै मच्चायो तहल्का

भिडियो हेर्न तल क्लिक गर्नुहोस-

कमेन्ट गर्नुहोस्