धनगढीमा एक दम्पतिको हत्या

धनगढी, जेठ ८ ।  कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–६ मनेहरामा गए राति एक दम्पतिको हत्या भएको छ ।

मनोहराका बद्रीप्रसाद जोशी र उहाँकी पत्नी कुन्ता जोशीको आफ्नै घरमा हत्या गरिएको हो ।

हत्या कसले र किन गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जोशी दम्पतीको हत्या आरोपमा सात जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्