भक्तपुरमा साझाका २० बस सञ्चालनमा आउने

भक्तपुर, जेठ ९ । स्थानीय व्यवसायीहरुको बिरोधका बीच साझा यातायातले भक्तपुरमा भोलीदेखि २० बस सञ्चालनमा ल्याउने भएको छ ।
साझाको सेवासँगै भक्तपुरबाट काठमाडौं आवत जावत गर्नुपर्ने यात्रुहरुलाई निकै सहजता हुने साझा यातायातले जनाएको छ ।
साझा यातायातका काठमाडौंको सडकमा चल्ने सबै बसहरुस्वयम्भुबाट सीतापाइला–कलंकी–कालीमाटी–त्रिपुरेश्वर– रत्नपार्क– थापाथली–माइतिघर–बबरमहल–नयाँबानेश्वरदेखि मीनभवनसम्म जाने बसहरु भक्तपुरको सुर्य विनायकसम्म चल्ने भएका छन् ।
यसैगरी कोटेश्वरबाट जडिबुटी लोकन्थली– कैशलटार, ठिमी, सल्लाघारी हुँदै सुर्यविनायकसम्म बस गड्ने छन् ।

सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार–पुतलीसडक भएर घण्टाघर हुँदै
पुरानो बसपार्कबाट फेरी त्रिपुरेश्वर–कलंकी हुँदै स्वयम्भु चल्ने छन् ।

 

कमेन्ट गर्नुहोस्