प्रतिपक्षीहरुको पनि सहमतिमा निर्वाचन मिति सारिएको हो : प्रचण्ड

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिपक्षीहरुको पनि सहमतिमा निर्वाचन मिति सारिएको बताएका छन् ।

आज बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने मन्त्रिपरिषद्को निर्णय

यसअघि असार ९ गतेका लागि तय गरिएको निर्वाचनको मिति उक्त मुस्लिम समुदायको चाड रमजान परेकाले निर्वाचनको मिति असार १४ गते सार्नु परेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

निर्वाचन आयोगको परामर्शपछि सरकारले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो । अब मिति सार्न नपर्ने भन्दै यो अन्तिम पटक निर्वाचनको मिति सारिएको बताइएको छ । अबको निर्वाचनमा राजपाले पनि सहभागीता जनाउने बताइएको छ ।

याे पनि पढ्नुस  काठमाडौँ जेसिजको साताब्यापी कार्यक्रम, दीगो विकास लक्षमा सघाउने

कमेन्ट गर्नुहोस्