देउवाको गृहजिल्ला डडेल्धुरा अमरगढी नपामा १ सय २८ मतले कांग्रेस मेयर पराजित

डडेलधुरा, असार १६ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर डढेलधुराको अमरगढी नगरपालिकामा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद (विपिन) ओझा ३ हजार ७ सय ६८ मत ल्याएर विजयी हुनुभएको हो ।

कांग्रेसका डिल्लीराज ओझाको ३ हजार ६४० मत आएको छ । उपमेयरमा पनि एमालेकै संगिता भण्डारी विजयी हुनुभएको छ ।

याे पनि पढ्नुस  देउवाकै जिल्लाबाट कांग्रेसका दुई उम्मेदवार सिफारिस, दुवै एउटै गुटका

उम्मेदवार चयनदेखि नै आन्तरिक विवादका कारण डडेल्धुरामा पार्टी नेतृत्व विरुद्ध असन्तुष्टि चुलिएको थियो । डडेल्धुराका अन्य स्थानीय तहमा समेत कांग्रेसले आफ्नो पुरानो प्रभाव कायम गर्न सकेको छैन । कतिपय तहमा एमाले र माओवादी केन्द्र अगाडि छन् ।

कमेन्ट गर्नुहोस्