सोलुखुम्बुको महाकुलुङमा माओवादी केन्द्र विजयी

सोलुखुम्बु, असार १६ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले १ हजार ४०२ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नरेन्द्र राईले १ हवार ३८३ मत प्राप्त गरे ।

माओवादी केन्द्रले सोलुम्बुको लिखुपिके गाउँपालिमा पनि जितेको छ ।

महाकुलुङ गाउँपालिकाका वडाहरुमा भने मिश्रति नतिजा आएको छ । वडा नम्बर १ र ४ मा माओवादी प्यानल, वडा नम्बर २ र ३ मा नेकपा एमाले तथा वडा नम्बर ५ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

कमेन्ट गर्नुहोस्