रोल्पामा माओवादी केन्द्र र  कांग्रेसका कार्यकर्ताबीच झडप

रोल्पा, असार १६ । रोल्पामा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । रोल्पा नगरपालिका १० धबाङको मत परिणाम सार्वजनिक भउपछि सुरु भएको विवादले उग्र रूप लिएपछि झडप भएको बताइएको छ ।

झडपलाई साम्य पार्नका लागि प्रहरीहरूलाई गह्रो भएको छ । लिबाङको सदरमुकाम लिवाङमा ढुंगा प्रहार गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीच झडप भइरहेको छ।

कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तालाई आतंकवादी भनेपछि शुरु भएको विवादले झड्प नित्याएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्