लामो समयपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट, के भयो सहमति

काठमाडौं, असार १६ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्री परिषद बिस्तार र सरकार सञ्चालनलगायतका विषयमा कुराकानी भएको छ ।

छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच थप गृहकार्य गरेर छिटै मन्त्री परिषद बिस्तार गर्ने सहमति भएको छ । दुई दलबीचको गठबन्धनलाई थप बलियो बनाउने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएको लामो समयपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोचोटी बालुवाटारमा छलफल भएको हो।

कमेन्ट गर्नुहोस्