कात्तिकमा राष्ट्रियसभा र मंसिरमा प्रतिनिधिसभाको चुनाव गर्न आयोगको सुझाव

काठमाडौं, असार १६ । निर्वाचन आयोगले अगामी कात्तिकमा राष्ट्रियसभाको चुनाव गरेर मंसिरमा प्रतिनिधिसभाको चुनाव गर्न उपयुक्त हुन सरकारलाई सुझाव दिएको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए लगत्तै निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल सो सुझाब दिएका हुन ।

याे पनि पढ्नुस  अनशनरत पक्षलाई सभापति देउवाले दिए यस्तो आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका साथै आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह एवं आयोगका निमित्त सचिव महेश्वर न्यौपाने सहभागी थिए ।

कमेन्ट गर्नुहोस्