बस र ट्रिपर ठोक्किँदा दुईको मृत्यु, ११ घाइते

मकवानपुर, जेठ १७ । मकवानपुरको मनहरि गाउँपालिका वडा नं.६ मा बस र ट्रिपर ठोक्किँदा दुईजनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाका लागि छुटेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवनतर्फ छुटेको ना ४ ख ८३ नम्बरको ट्रिपर ठोक्किएको हो । दुर्घटनामा ज्यान गुमाउने दुवै जना र घाइतेहरु बसका यात्रु रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संखुवासभाका २९ वर्षका केशबहादुर लाभा र भारत कमैयाका ३० वर्षका मोहम्मद सलाउद्दिनको ज्यान गएको छ । घाइते ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्