एलइडी बल्ब किन्न सर्वोच्चबाट बाटो खुल्यो

काठमाडौं, जेठ १८ । नेपाल विद्युत् प्राधिकरणलाई भारतबाट दुई करोड थान एलइडी बल्ब किन्ने तयारी गरेकोमा अब प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

सर्वोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्राधिकरणलाई सहज भएको हो । प्राधिकरणले भारतीय कम्पनी इनर्जी इफिसिएन्सी सर्भिस लिमिटेडबाट प्रतिगोटा ६५ भारु ९एक सय चार रुपैयाँमा बल्ब खरिद गरेर ग्राहकलाई बेच्ने तयारी गरेको थियो । ग्राहकलाई १३५ देखि १४० रुपैयाँमा ९ वाटका फिलिप्स ब्रान्डका बल्ब उपलब्ध गराउने तयारी प्राधिकरणको छ नयाँ पत्रिकामा खबर छ ।

याे पनि पढ्नुस  स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र मिरा खतिवडाको संयुक्त इजलासले बुधबार रिटमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।
यसअघि पनि ५ जेठमा सर्वोच्चकै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सोही रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अब यो मुद्दाको अन्तिम किनारा नलागेसम्म प्राधिकरणलाई एलइडी बल्ब किन्न अवरोध हुनेछैन ।

याे पनि पढ्नुस  भरतपुर घटनालाई टुंगोमा पुर्याउन सर्वोच्चमा आजदेखि बहस सुरु

 

कमेन्ट गर्नुहोस्