मेलिना र मविन्द्रको ‘तर्की–तर्की’ गीतको बोलमा बरुण र अनुको रोमान्स (भिडियोसहित)

काठमाडौं, जेठ २१ । गायक मविन्द्र राई र गायिका मेलिना राईले तेस्रो पटक एकसाथ स्वर भरेको “तर्की तर्की” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मविन्द्र राईको शब्द–संगीत रहेको गीतमा मोहित मुनालको संगीत संयोजन छ । भिडियोमा बरुण जंग लिम्बु र अनु राई फिचरिङ छन् । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक भिडियोलाई सुल्तान ईदिङगोले निर्देशन गरेका हुन् भने क्यामेरा पनि उनले नै चलाएका हुन् ।

याे पनि पढ्नुस  पुष्पल र सृष्टि अभिनित ‘आउन माया’ को भिडियो सार्वजनिक

‘यो माया हो’, ‘सेवारो नमस्ते’ लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र सार्वजनिक “तर्की तर्की” बोलको गीतलाई दर्शक, स्रोताहरुले रुचाउनेमा विश्वस्त छन् । यसअघि मेलिना र मविन्द्रको आवाजमा रहेको ‘माया जालै” बोलको गीत हिट भएको थियो ।

याे लिङ्कमा  क्लिक गरी भिडियो हेर्न सक्नुहुनेछ- 

याे पनि पढ्नुस  सिमान्त र रमाको ‘कसरी भनुँ म’ गीत सार्वजनिक (भिडियोसहित)

कमेन्ट गर्नुहोस्