थुनामा राखी अनुसन्धान गर्न चुडामणी शर्मालाई ७ दिने म्याद

काठमाडौं, जेठ २१ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामा राखी अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिएको छ ।

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग आयोग अनुसन्धानले शुक्रबार पक्राउ गरेका शर्मालाई आइतबार बिहान विशेष अदालतमा उपस्थित गराएको थियो ।

अदालतले भने थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ । शनिबारदेखि लागू हुने गरी शर्मालाई उक्त म्याद दिएको हो ।

नियम विपरित बिभिन्न फर्महरुलाई कर छुट दिने लगायतका अनियमिततालगायतको आरोप शर्मालाई लागेको छ ।

कमेन्ट गर्नुहोस्