निर्वाचनको मिति सार्नुपर्ने राजपाको प्रस्ताव सत्तारुढ दलद्वारा ठाडै अस्वीकार

काठमाडौं, जेठ २७ । संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाने बताउँदै आएको राष्ट्रिय जनता पार्टीले सत्तारुढ दलसँग निर्वाचनको मिति सार्नुपर्ने प्रस्तावलाई सत्तापक्षले ठाडो अस्वीकार गरेको छ । आज बसेको सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीचको वैठकमा राजपाले अघि सारेको प्रस्तावलाई सत्तारुढ दलले अस्वीकार गरेको हो ।

यसअघि सरकारले राजपासँगकै सहमतिमा जेठ ३१ गते घोषणा गरेको निर्वाचन आसार १४ का लागि सारेको थियो ।

वैठक आइतबार पुनः बस्नेगरी सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउबा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत राजपाका शीर्ष नेता सहभागी छन् ।

कमेन्ट गर्नुहोस्