स्थानीय निर्वाचनमा तयारी कम भएपनि परिणाम सन्तोषजनक हाे : पम्फा भुषाल

रामहरि कार्की

ललितपुर, जेठ २७ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले स्थानीय निर्वाचनको पहिलो चरणको मतपरिणाम सन्तोषजनक नै आएको बताएकी छिन् ।

माओवादी केन्द्र ललितपुर जिल्ला पार्टीले आयोजना गरेको स्थानीय निर्वाचनका विजेताहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै भुषालले निर्वाचनका बेला तयारी कम भएकोमा पनि यति मात्रामा परिणाम आउनु सन्तोषजनक नै भएको बताएकी छिन् ।

याे पनि पढ्नुस  माअाेवादी प्रवक्ता पम्फा भुसाल ललितपुर ३ बाट उम्मेदवार सिफारिस

प्रवक्ता भुषालले पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रले संख्याको हिसावले कम तहमा जितेको भएपनि मतका आधारमा भने एमाले कांग्रेसको बराबरीमा जनताले मत दिएको बताइन् ।

स्थानीय निर्वाचनमा नेपाली जनतालाई परिवर्तनको एजेन्डा राम्रोसँग बुझाउन नसकेरपनि माओवादी केन्द्रले सोचेको मात्रामा सफलता प्राप्त गर्न नसकेको हुनसक्ने उनले बताएकी छिन् । ‘तर अब विगतलाई हेरी भविष्य सुधार्ने बेला आएको छ । दोस्रो चरणको निर्वाचनमा हामीले सोचेअनुरुपको सफलता हासिल गर्नु छ’ प्रवक्ता भुषाले भनिन् ।

याे पनि पढ्नुस  माओवादी प्रवक्ता पम्फा भुसालद्वारा ललितपुर ३ बाट उम्मेदवारी दर्ता

कार्यक्रममा स्थानीय तह निर्वाचनको पहिलो चरणमा उपत्यकाबाट जित हासिल गर्नेहरुलाई बधाई तथा शुभकामनासहित प्रमानपत्र प्रदान गरिएको थियो । उपत्यकाबाट कोञ्जुसोम गाउँपालिकाबाट मात्रै माओवादी केन्द्रले जित्न सफल भएको हो । अन्य वडा तह, जिल्ला तह तथा गाउँपालिकाबाट जित्नेहरुलाई बधाई तथा शुभकामना दिइएको थियो ।

याे पनि पढ्नुस  किन भयाे माअाेवादी कमजोर ?

कमेन्ट गर्नुहोस्