भरतपुर घटनालाई टुंगोमा पुर्याउन सर्वोच्चमा आजदेखि बहस सुरु

काठमाडौँ, जेठ २८ । मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर काण्डलाई सुल्झाउन आजदेखि सर्वाेच्च अदालतमा बहस सुरु हुँदैछ । भरतपुर काण्डलाई पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयले पनि पूर्णता नपाई सर्वाेच्चमा रिट परेपछि बहस सुरु गरिएको हो ।

जेठ २२ गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो । न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकल इजलासले आज दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

याे पनि पढ्नुस  भर्ना र शुल्क विवाद : योग्य विद्यार्थीलाई भर्ना गर्न सर्वोच्चको आदेश

जवराको इजलासले जारी गरेको अन्तरकालीन आदेश निरन्तर भएमा भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ। एकल इजलासको आदेश खारेज भएमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयनमा जानेछ।

अन्तरकालीन आदेश निरन्तर हुनेरनहुने विषय दुई वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलासमा पेस हुनेछ।

याे पनि पढ्नुस  स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

आइतबार निवेदकका तर्फबाट बहस सुरु हुनेछ। निवेदकको बहस आइतबार नै सकिएमा सरकारी निर्णयको प्रतिरक्षामा सरकारी वकिलले बहस सुरु गर्नेछन्। त्यसपछि निवेदकले संक्षिप्त जवाफको समय पाउँनेछन्।

जेठ १४ गते मध्यरातमा दुई वडाको मतगणना बाँकी रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए। निर्वाचन आयोगले स्थलगत छानविन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्रतिवेदन अनुसार ९० मतपत्र च्यातिएको निश्कर्ष निकालेको थियो।

याे पनि पढ्नुस  लोकमानको मुद्दा हेर्ने न्यायाधीशविरुद्ध परेको महाअभियोग उजुरी खारेज !

जेठ २० गते आयोगले भरतपुरको वडा नम्वर १९ पुनः मतदानको निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध एमालेका उम्मेदवार समेत रहेका गुन्जमान विकले सर्वोच्चमा जेठ २१ गते रिट दायर गरेका थिए।

कमेन्ट गर्नुहोस्