गद्य तथा मुक्तक पुरस्कार वितरण र कवि गोष्ठी सम्पन्न

काठमाडौँ, जेठ २८ । अभिनव साहित्य समाजले २०७४।२।२७ गते यसको १८४ औं श्रृङ्खलाअन्तर्गत नगद ६००० र सम्मानसहितको विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता पुरस्कार कवि श्री कात्यायन र अभिनव लक्ष्मीदेवी साहित्य सिरपा नामको स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा सहभागिमध्ये प्रकाश बस्नेत गफाडी,सुनील अधिकारी, उत्तम विचार,तिलश्मी प्रभास र प्रमोद गिरीलाई क्रमश ३०००,२०००,१०००, ५००।५०० नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

स्मरण रहोस् गद्य कविताको लागि समाज सेवी श्रीकृष्ण पुडासैनीले आफ्ना पिता तथा माता र समाजको कार्यसमिति सदस्य श्री प्रदीप रत्न शाक्यले आफ्नी आमाको नाममा सो पुरस्कारको स्थापना गर्नुभएको हो ।

समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दको सभापतित्व डा.शेषराज आचार्य, राममणि पोखेरेल, कणाद महर्षि र वियोगी बूढाथोकीको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा ३२ जना कवि कवयित्रीहरुले सहभागिता जनाएका थिए । ती मध्ये अस्मिता ढुङ्गाना, मोहन प्रसाद फुयाल र निसान अधिकारीलाई प्रोत्साहन स्वरुप केही पुस्तक पुरस्कार प्रदान गरिएको थियो ।

अन्य सहभागीहरुमा सुशील आचार्य, गीता खनाल, रुुद्र अधिकारी, ओमप्रसाद कोइराला, प्रकाशमणि दाहाल, गोविन्द नेपाल, पवन सङ्ग्रौला, शिवराम खड्का, मञ्जुश्री प्रधान के सी, पुण्य गौतम विश्वास, गङ्गा पौडेल, श्याम वहादुर भावुक, लक्ष्मी एडी, विष्णु थापा,अनन्त अर्याल, शारदा सुवेदी, गणेश प्रसाद खतिवडा, खेम पोखरेल आदि हुनुहुन्थ्यो ।

कार्यक्रमको समीक्षा संस्थाका सचिव परशुराम पराजुली र उद्घोषण संस्थाकी कार्यकारी सदस्या मेनका आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका सदस्य घनश्याम प्रसाइ तथा अन्य व्यवस्थापन कोषाध्यक्ष नवराज राउतले सम्पादन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्