ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न

काठमाडौंँ, जेठ २९ । काठमाडौँ तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ ।

जसअन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसअनुसार गायनतर्फ सञ्जिव श्रेष्ठ प्रथम, सरोज तामाङ्ग द्वितीय र अर्मन चौधरी तृतीय भएका छन् ।
हाजिरजवाफतर्फ रोशन विष्ट प्रथम, राजबाबु चौधरी द्वितीय, र शिशिर दाहाल तृतीय भएका छन् ।

त्यसैगरी डान्स विद्यातर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का द्वितीय र सुनिल सिंह तृतीय भएका छन् । बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले एक समारोहका बीच सम्मान गरे ।

त्यसरी नै ‘ट्रिटन ट्यालेन्ट हन्ट २०७४’ को दोस्रो संकायका विजेताले कलेजमा निःशुल्क छात्रवृति पुरस्कार तथा प्रमाणपत्र पाएका छन् ।

स्मरण रहोस्, ट्रिटन कलेजले गत वर्षदेखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा.बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथप्रसाद शाह, सह–प्राचार्य श्रीकृष्ण विष्टलगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्