आम हडतालले फरक पार्दैन, जनत हिँडेरै भोट हाल्न जान्छन्– प्रमुख आयुक्त

बिराटनगर, जेठ २९ । राष्ट्रिय जनता पार्टीले असार १० गतेदेखि अनिश्चितकालिन आम हडतालको घोषणा गरेपनि यसले निर्वाचनमा असर नगर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसादव यादवले दावी गरेका छन् ।

बिराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले जनताले चुनाव चाहेको र निर्वाचनको माहौल बनिसकेको अवस्थामा हिँडेरै भएपनि मतदाता मतदानस्थल पुग्ने विश्वास व्यक्त गरे । मधेसका दलहरु समेत चुनाव आउन वातावरण बनोस् भनेर पटक पटक मिति सारिनुका साथै कानुन समेत संशोधन गरिएको उनको जिकिर थियो ।

याे पनि पढ्नुस  रुपन्देही स्थानीय तहमा एमाले उम्मेदवारको टुंगो (नामावली)

कमेन्ट गर्नुहोस्