गृहमन्त्री शर्माको सकारात्मक प्रभाव र निर्देशन

काठमाडौं,  जेठ ३१ । जथाभावी सडक काट्ने बटुवासँग दुई सय रुपैयाँ जरिवाना लिँदै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि कारबाही गर्ने शैली फेरेको छ ।

अब नचाहिँदो किसिमले बाटो काट्ने बटुवासँग जरिवाना नलिइने भएको छ । तर, मनपरी बाटो काट्नेले आधा घण्टासम्म सचेतना कक्षा लिनुपर्ने नागरिक दैनिकमा खबर छ ।

सडक पूर्वाधानर नबनाई ट्राफिक प्रहरीले बटुवालाई कारबाही गरेको भन्दै चर्को आलोचना भएपछि गृहमन्त्री शर्माले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महाशाखाका प्रमुख डिआइजी मिङमार लामालाई मन्त्रालयमै बोलाएर जरिवाना नलिन निर्देशन दिएपछि कारबाहीको स्वरुप बदलिएको हो ।

 

कमेन्ट गर्नुहोस्