काठमाडौँ, असार २ । दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारको निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ । राष्ट्रिय जनता पार्टि नेपाललाई चुनावमा मनाउन रकारले मिति सारेको हो ।
राजपाले २ नम्बर प्रदेशमा मात्र नभई ५ नम्बर प्रदेशमा पनि असोज २ मा चुनाव हुनुपर्ने माग गरेको छ ।
मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय मान्य छैन, राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, नागरिकमा खबर छ ।