विमानस्थलबाट कुन महिनामा कति समातियो ?

काठमाडौं, असार ३ । विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी र भन्सार कर्मचारीको सुन तस्करीमा संलग्नता रहने गरेको देखिएपछि तस्करले विमानस्थलका प्राविधिक त्रुटिलाई उपयोग गर्न थालेका छन् ।

गत साता विमानस्थल कार्गोबाट पास भएको गाडीमा प्रयोग हुने मास्टर सिलिन्डरभित्र सुन लुकाएर ल्याइएको भेटिएको थियो । कार्गोमा आउने सामानको स्क्रिनिङ नहुने भएकाले त्यस्ता सामानमा फिट गरेर सुन तस्करी हुन थालेको छ ।

इमर्जेन्सी लाइट, आइरन, फ्यानको ब्याट्रीलगायतमा सुन फिट गर्ने गरिएको यसअघि पक्राउ परेका घटनामा देखिन्छ ।’विदेशमै यसरी सुन फिट गर्ने र गर्न लगाउने समूह सक्रिय देखिन्छ ।  ०७३ साउनदेखि ०७४ जेठसम्म विमानस्थल प्रहरी र भन्सार कर्मचारीले समातेको अवैध सुन (प्रतिमहिना) । यसमा सीआईबीले समातेको ३३ केजी सुन भने समावेश छैन ।

कुन महिनामा कति समातियो ?

साउन – ५२९.१९ ग्राम
भदौ- १३ ३३ ग्राम
असोज – १३७४ ग्राम
कात्तिक- २४६४ ग्राम
मंसिर – २५२६.५ ग्राम
पुस- ७७९.९८४ ग्राम
माघ- ३०४८.४२ ग्राम
फागुन- ३५१४.७ ग्राम
चैत – ९९२.३२ ग्राम
वैशाख – ४२२९.६५ ग्राम
जेठ – २८०३.९३ ग्राम

कमेन्ट गर्नुहोस्