पत्रकार ढकाललाई रु तीन लाख सहयोग

पोखरा, ३ असार । पत्रकार प्रकाश ढकालको उपचारका लागि रु तीन लाखभन्दा बढी सहयोग सङ्कलन भएको छ ।

श्वासप्रश्वासको समस्याबाट दश दिनअघिदेखि बिरामी ढकालको अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सुधारोन्मुख भएको उहाँसँगै रहनुभएका पत्रकार प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो । पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना हुनुभएका ढकालको उपचार त्यहाँ सम्भव नभएपछि नर्भिक अस्पतालमा सिफारिस गरिएको थियो ।

याे पनि पढ्नुस  जनप्रतिनिधिको प्राथमिकता: बैंक खोल्नेदेखि अनुदान वितरणसम्म

उहाँको उपचारका लागि उहाँ कार्यरत ‘आदर्श समाज’ राष्ट्रिय दैनिकले रु ३५ हजार, पोखराका पत्रकारबाट रु २५ हजार, गोरखा मिलन समाजबाट रु २५ हजार, पोखराका व्यवसायी तारा गिरीबाट रु १६ हजारलगायत प्राप्त भएको पत्रकार दिननाथ बरालले बताउनुभयो । गोरखा घर भएका ढकाल नेपाल पत्रकार महासङ्घको कार्यसमितिका सदस्यसमेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्