आज भारत र पाकिस्तानबीच आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल

असार ४ । आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि साविक विजेता भारत र पाकिस्तानबीच लण्डनको ओभल क्रिकेट मैदानमा आइतबार असार ४ गते फाइनल खेल हुँदैछ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिमले सेमिफाइनलमा बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै, पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई हराई फाइनलमा प्रवेश गरेको थियो ।

इङल्याण्ड विरुद्ध चोटका कारण सेमिफाइनल खेल खेल्न नसकेका पाकिस्तानका तीव्रगतिका बलर मोहम्मद आमिर आइतबार भारतविरुद्ध खेल्ने प्रवल सम्भावना रहेको छ ।

भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई क्रिकेटमा निकै चासोका लिने गरिन्छ । यसअघि दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितिसकेको भारतले जारी प्रतियोगिताको लिग चरणमा पाकिस्तानलाई १ सय २४ रनले हराएको थियो ।

फाईनल खेल आज नेपाली समयअनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्