फितलो राजपाको बन्द, सुनसरीमा मनोनयन दर्ता रोकिएन

सुनसरी, असार ४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि वखेडा झिकेको राष्ट्रिय जनता पार्टीको बन्दको प्रभाव सुनसरीमा फितलो देखियो । जिल्लामा चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन आज राजपासहितको संघीय गठबन्धनले बन्द र हड्तालको आह्वान गरेको थियो । तर उक्त बन्दले मनोनयन रोक्न सकेनन ।

सुनसरीमा बन्दको अवज्ञा गर्दै विभिन्न राजनीतिक दलका चुनावका लागि उम्मेदवार मनोनयन गरेका छन् ।

दुई दिन अघि राजपाका कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालबन्दी गर्न गएका थिए । गएका मध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेपछि बन्दको आह्वान गरेपनि सडकमा कार्यकर्ता नहुँदा बन्दको कुनै प्रभाव परेन ।

इनरुवा, भोक्राह, कोसी, हरिनगरालगायतका नगरपालिका र गाँउपालिकामा समेत अवरोध बिना उम्मेदवारी मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालाले बताए।

यसैगरी गठबन्धनमा आवद्ध कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपाल समेत चुनावमा गएपछि गठबन्धन थप कमजोर भएको छ ।

कमेन्ट गर्नुहोस्