एमाले र माओवादी कार्यकर्ताबिच झडप, १० घाइते

बैतडी, असार ४ । नेकपा एमाले र माओवादी केन्द्रबीच दार्चुलामा झडप भएको छ । झडपमा परी १० जना घाइते भएका छन् ।
मार्मा गाउँपालिकामा माओवादी केन्द्र मनोनयन दर्ता गरेर फर्कने बेला मनोनयन दर्ता गर्न हिँडेको एमालेको जम्का भेट हुँदा ढुंगामुढा हानाहान भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ । झडपको कारण भने खुल्न सकेको छैन ।

झडपलाई नियन्त्रण गर्न खोज्दा केही प्रहरी पनि घाइते भएका छन् । अहिले मार्मा गाउँपालिकाको स्थिती तनावग्रस्त बनेको छ ।

एमाले र माओवादी केन्द्रको ढुंगामुढाका कारण केही पसलहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्