पाकिस्तान सामु निरीह भारत, कप्तान बिराट कोहली आउट, ४ ओभरमा ७ रन मात्रै

काठमाडौं, असार ३ । च्याम्पियन्स ट्रफीको फाइनल खेलमा पाकिस्तान अगाडि भारत निरिह देखिएको छ । तीन ओभरको खेल हुँदासम्म भारतले दुई विकेट गुमाएर सात रन जोडन सकेको छ । भारतले आफ्नो सबैभन्दा महत्वपूर्ण मानिने कप्तान बिराट कोहलीसहित तीन ओभरको खेलसम्म दुई विकेट गुमाएको छ ।
भारतले जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष पछ्याएको छ ।

पाकिस्तानले निकै उत्कृष्ट लयमा खेल्दै विशाल रनस्कोर बनाएपछि भारत निकै दबाबमा देखिन्छ ।
पहिलो ओभरमा नै रोहित शर्मालाई पाकिस्तानी बलर मोहम्मद आमिरले आउट गरेका थिए । त्यसपछि उनले नै बिराट कोहलीलाई समेत आउट गरे ।

पाकिस्तानले शुरुमा ब्याटिङ गर्दै ३ सय ३८ रन बनाएको थियो । पाकिस्तानका लागि सलामी बल्लेबाज फखर जमानले २ जीवनदानको फाइदा उठाउँदै आफ्नो क्यारियरका पहिलो शतक बनाएका थिए । फखर ११४ रन बनाएर आउट भएका थिए । त्यसपछि अजहर अलीले ७५ रनमा ६९ रन, मोहम्मद हफिजले ३४ बलमा ५७ रन, बाबर आजमले ४६ रन र इमाद वसीमले २६ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्