माओवादी हराउन वाणगङ्गामा बम विष्फोट सुनियोजित– बल्देव, माओवादी नेता

कपिलवस्तु, असार ४ । माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बल्देव’ले कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा गरिएको बम विष्फोट माओवादी केन्द्रलाई हराउने नियतले गरिएको बताएका छन् ।

वाणगंगामा माओवादी र नेपाली कांग्रेसको संयुक्त प्यानलले मनोनयन दर्ता गर्न गइरहेको बेला टाइम बम विष्फोट भएको थियो ।

एमालेलगायतका दलहरुले मनोनयन गरेपछि माओवादी र कांग्रेसको संयुक्त प्यानलले उम्मेदवारी दर्ता गर्न खोज्दा बम विष्फोट गराइनुबाट घटना सुनियोजित देखिएको नेता बल्देवले बताए । “हाम्रो संयुक्त प्यानलबाट आत्तिएर गलत तत्वहरुसँग साँठगाँठ गरी यो घटना घटाइएको हो ।” नेता बल्देवले भने ।

घटनामा एक दर्जनबढी घाइते भएका छन् । घटनामा बिजय चौधरी, शेषराम गुप्ता, लाल ब चौधरी, साहावुद दिन, कमल प्रसाद लोनिया, गोपाल गुरूङ, शुशिला गुरूङ,  सात महिनाको बच्चा मिनाक्षी गुरूङलगायत एक दर्जन बढी घाइते भएका छन् ।  घाइेतहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेता बल्देवले घाइतेहरुसँग अस्पतालमा नै गएर भेट गरेका छन् ।

हेर्नुहोस् तस्वीरमा

कमेन्ट गर्नुहोस्