२० ओभर नपुग्दै ६ विकेट गुमायो भारतले

काठमाडौं, असार ६ । च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतले लज्जाष्पद पराजय भोग्ने देखिएको छ ।

पचास ओभरको खेलमा २० ओभर नसकिंदै भारतले ६ विकेट गुमाएको छ । भारतका सबै चर्चित ब्याट्सम्यान आउट भइसकेका छन् । बलरहरुको भरमा पाकिस्तानले तेस्र्याएको ३३९ रनको विशाल स्कोर पार गर्नु भारतका लागि असम्भव देखिएको छ । भारतले २० ओभरमा ९२ रन जोडन् सफल भएको छ । उसका अगाडि ३३९ रनको विशाल स्कोर छ ।

पाकिस्तानी बलरहरुको आक्रामक आक्रमणमा बिराट कोहली, रोहित शर्मा, शिखर धवन, युवराज शर्मा, महेन्द्र सिंह धोनी आउन भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्