भारतलाई हराउँदै जित्यो पाकिस्तानले च्याम्पियन्स ट्रफी

काठमाडौं, असार ५ । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

ओभरमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लियो, जुन गलत साबित भयो । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए ।आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्‍याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्‍याए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुडि्कलो पार ।

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए ।  सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए ।

 

कमेन्ट गर्नुहोस्