महतको नेतृत्वमा कांग्रेसको निर्वाचन अनुगमन समिति

काठमाडौं, ५ असार । नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन तथा परिचालन समिति गठन गरेको छ ।

सो समितिमा नवीन्द्रराज जोशी, दीलबहादुर घर्ती, अम्बिका बस्नेतलगायत छ सदस्य हुनुहुन्छ । स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचनको अनुगमन गरी उम्मेदवारलाई पार्टीका तर्फबाट आवश्यक निर्देशन दिनुका साथै कहाँ के भइरहेको छ भन्ने विषयमा पार्टीलाई सुझाव दिने उद्देश्यले सो समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।

समितिका संयोजक डा महतले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मङ्गलबारदेखि नै सो कार्य जारी राख्ने जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्