तीज कोशेली ‘आहा रेलुमै’ सार्वजनिक

गत वर्षभन्दा यो वर्ष धेरै गायक गायिकाहरुले तीज गीतमा पुरानो लयलाई प्राथमिकता दिएका छन, हरितालिका तीज आउन अझै करिब २ महिना बाँकी रहेपनि तीज गीत बजारमा सार्वजनिक हुन थलिसकेका छन् ।

अर्घदर्बार फिल्मसले बजार व्यवस्थापन गरेको तथा अविरल फिल्मसले दृश्य निर्माण गरेको गीत गीत ‘आहा रेलुमै’ आजैदेखि सार्वजनिक भएको छ ।

रेलुमै पुरानो लय हो त्यो पनि करिब १०० वर्ष पुरानो, जुन नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा गाइने अत्यन्तै चर्चित भाका हो । यो भाकालाई संकलन गरेका छन् । लोक तथा दोहोरी गायक बसन्त लम्सालले ।

हजुर आमा र गाउका पुराना व्यक्तित्वहरुको सल्लाह सुझाव अनुसार नै शब्द तयार गरी गीत तयार परेको बताउने लम्सालले अहिलेसम्म करिब २ दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् भने ‘आहा रेलुमै’ मा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ, विष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रृँगार रहेको छ भने हेमन्त खनाल, देवु खनाल, दिव्या, मिना, कुलचन्द्र, किशोर, मेनुका लगायतको अभिनय देख्न सकिन्छ भने नृत्य निर्देशन किशोर थापाको रहेको छ ।

कमेन्ट गर्नुहोस्