गजिनीदेखि दंगलसम्म नै आमिरको भूमिका फरक फरक देखिए

बलिउड चलचित्रका चर्चित अभिनेता आमिर खानलाई जति उनको अभिनय कलाले चिनिन्छ, उति नै उनी मिष्टर परफेक्शनिस्टले पनि परिचित छन् । आफूले निर्वाह गर्ने जुनै पनि चलचित्रमा मेहनत गर्ने आमिर मौसमको बदलाव जसरी नै आफ्नो शरीरलाई परिवर्तन गरिरहेका हुन्छन् ।

बलिउड चलचित्र गजनीदेखि दंगलसम्म आइपुग्दा आमिरको हरेक भूमिका फरक छन् र ती पात्रको लागी उनले जीउँ ज्यान नै लगाएका हुन्छन् । चलचित्र दंगलमा उनले तौल १२० किलो थियो । तर, केही समयको अन्तरालपछि नै उनले आफ्नो तौल ७० मा पुर्याए । यतिबेला आमिर ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ गर्दै छन् ।

यसै चलचित्रको लागी उनले आफ्नो तौलमात्र घटाएनन्, शरीरको प्रकार समेत बदलेका छन् । सुटिङ सेटबाट सार्वजनिक भएको एक तस्बिरमा आमिरलाई धेरै नै दुब्लो देखिएको छ ।

कमेन्ट गर्नुहोस्