काठमाडौँ, असार ९ । नेकपा माओवादी केन्द्रबाट कैलालीको कैलाली नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार भएको छ ।
अज्ञात समुहले बम प्रहार गरेका हुन । घरका सिसा फुटेको छ भने अन्य सामान्य क्षती भएको छ। भट्ट माओवादी केन्द्रका ७ नम्बर प्रदेश ईन्चार्ज तथा पुर्वमन्त्री लेखराज भट्टका भाई हुन् । बिहान २ बजे बम प्रहार भएको हो ।
यसको अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । बम प्रहार कसले गराएको खुलेको छैन् । आफ्नो लोकप्रियता देखेर विरोधीहरुले बम प्रहार गरेको हुन सक्ने भट्टले बताए ।