माओवादीसँग अरु चुनावमा पनि तालमेल गर्छौं : रामचन्द्र पौडेल

रुपन्देही, असार ९  । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेललाई कांग्रेसले इमान्दारिताका साथ कार्यन्वयन गर्ने बताएका छन् ।

रुपन्देहीमा बिहीबार भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धन प्रदेश र संघको चुनावमा समेत कायम रहने बताउँदै तालमेललाई कार्यान्वयन गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले केन्द्रमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र सम्मेलित सरकार रहेकाले स्थानीय तहको विकासका लागि कांग्रेस र माओवादी गठबन्धनको जित आबश्यक रहेको बताए  ।

उनले एमालेले नौटंकी राष्ट्रवादको ठेकेदारी गरेको आरोप लगाउँदै हिमाल, पहाड र तराईका नागरिकलाई समेट्न नसक्ने हो भने राष्ट्रियता नै संकटमा पर्ने बताए । नेता पौडेलले बिहीबार रुपन्देहीमा भएका आधा दर्जन बढी चुनावी सभालाई सम्बोधन गरे ।

कमेन्ट गर्नुहोस्