फूलबारी, आसार ९ । नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले आफुमाथि लागेका सबै आरोप सबै आरोप बेईमानी, भ्रामक र षडयन्त्रमूलक साबीत भएको बताएका छन ।
कैलालीको फूलबारीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ़नो नेतृत्वमा सरकार बन्दा बिपक्षिहरूले लगाएका आरोप सबै ग़लत प्रमाणित भएको बताए । “हामी गणतंत्र, संघीयता, सामाजिक न्याय, बिकासका लागि लड़िरहेको बेला उनिहरू “गणतंत्र आऊँछ भन्नू बायलगड़ामा चढेर अमेरिका जानु हो’ भंथे, अहिले हामीलाई कुन नैतिकताले आरोप लगाई रहेका छन ?” प्रचण्डले प्रश्न गरे ।
सेती महाकाली राज्यको उत्पीड़न मा परेको बताउँदै प्रचण्डले ४० वर्षदेखि शासन गरेका पार्टीहरूले देशका लागि केहि गर्न नसकेकाे भन्दै कैलालीको फुलाबारीमा प्रचण्डले सरकारले गरेका कामहरूको बारेमा समेत चर्चा गर्दै भारत र चीनसँग रास्ट्रिय स्वार्थका आधारमा सम्बन्ध बिकास गरेको बताए ।
“फ़ास्ट ट्रयाक नेपाली सेनाले बनाउने भएकों छ, हुलाकि राजमार्ग सुरु भएकों छ । गौरीफंटा नाकाको बारेमा भारतीय प्रधानमंत्री मोदीसँग कुरा भएकों छ । महाकालीमा पूल र सूक्खा बंदरगाहको काम अघि बढ़ेको छ ।” उनले भने ।
कार्यक्रममा डेढ़ सय बढ़ीले कांग्रेस एमालेबाट राजिनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।