वर्षाका कारण घर भत्कियो

धुलिखेल, असार ९ । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं ५ का डोल्मो लामाको घर आज भत्किएको छ ।

बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडित लामाले बताएका छन् ।

याे पनि पढ्नुस  घर भत्किँदा छ लाखभन्दा बढीको क्षति

“राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रैछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नका लागि सहयोग गर्नुप¥यो भन्दै बोलाउनुभएको थियो” – स्थानीय काल्साङ लामाले भन्नुभयो – “हामी पुग्दा घर भत्किसकेको रहेछ ।”

लामाकाअनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ । घरको एकपट्टिको सबै भाग भत्किएका कारण करिब रु तीन लाख बराबरको क्षति भएको लामाले बताउनुभयो । रासस

याे पनि पढ्नुस  सामाजिक सुरक्षा भत्ताले जुवा खेलिरहेका वडाध्यक्ष पक्राउ

कमेन्ट गर्नुहोस्