मिस्ड कलको अडियो सार्वजनिक

चर्चामा रहेको उपन्यास ‘मिस्ड कल’ कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को चौधौं कृति हो । जुन मिस्ड कल उपन्यासको अडियो सार्वजनिक भएको छ ।

सुरेन्द्र महर्जन ‘अमर’ को चर्चित उपन्यास ‘मिस्ड कल’ कम समयमा एक हजारप्रति बजारबाट बिक्रीवितरण भएको ब्रदर्श बुक पब्लिकेसन्सले जानकारी दिएको छ ।

के.के. अधिकारीले अडियो वाचन (उद्धोशन) गरेको उक्त अडियोमा सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको बहुचर्चित गीत मेलिना राईको स्वर रहेको सुपर हिट ‘मभन्दा नि’ र निता थापा मगरको स्वर रहेको मन छुने हिट गीत ‘तड्पिएर बाँच्ने म पीडा दिने तिमी’ को सुमधुर संगीत रहेको छ ।

‘म भन्दा नि’ र ‘तड्पिएर बाँच्ने म’ दुबै गीतलाई उत्कृष्ट संगीत दिने संगीतकार राज कुमारको संगीत ‘मिस्ड कल’ उपन्यासको अडियोमा समावेश गरिएको छ । सार्वजनिक उपन्यास एम सिरिजको युटुबमा सार्वजनिक भएको हो ।

कमेन्ट गर्नुहोस्