कविता: “तथस्त”

यादव कुमार पंडित ‘प्यूठान”

खासै सम्पर्कमा नआउने उन्नतिले उत्तर फर्काएन

कोशिस ले हेरम भन्यो

प्राप्तिले समय फेरम भन्यो ।

दुखः लाई डाक्नैनपर्ने

सुख सङ्ग करिबको चिनजान थिएन ।

संघर्ष लाई सघाउने गरि आउनु है भनेको

उधारो लाई चुक्ता गर्ने गरि पालिदिनु भनियो ।

दिन–रातले हमेशा नडोर्याएका पनि होईनन् ।

साउतीले सुल्झाउँछ

जिवन हालैको हो सम्झनु ।

म यता सोच्छु ऊता सोच्छु ।

म बाच्नको लागि साहित्यमा चलाएमान भएको छु

तसर्थ,

आज खामोशीमा

जिवन सङ्ग केहि कुराको जवाफ माग्दैन ।

कमेन्ट गर्नुहोस्