माओवादी केन्द्रको र्यालीमा बम विष्फोट, पाँच घाइते

काठमाडौं, असार ११ । नवलपरासीको सुनवलस्थित माओवादी केन्द्रले आयोजना गरेको ¥यालीमा एक्कासी बम विष्फोट भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोमराजपुरमा शक्तिशाली बम विष्फोट भएको हो । विष्फोटमा परि पाँच जना घाईते भएका छन् । घाइतेहरुलाई उपचारका लागि बुटवलतर्फ लगिएको छ ।

याे पनि पढ्नुस  माअाेवादी केन्द्रका मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बम प्रहार

सुनवल नगरपालिका–३ स्थित पुल छेउमा रहेको ढुंगामा लुकाई राखिएको बम विष्फोट भएको हो । बम विष्फोटका कारण माओवादी केन्द्रले र्यालीमा प्रयोग गरेको बसको सिसा फुटेर कार्यकर्ताहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । विष्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

याे पनि पढ्नुस  मोर्चाले गरायो सप्तरीमा प्रेसर कुकर बम विष्फोट

नेपाली कांग्रेसको चुनावी र्‍याली सकिएपछि माओवादीको र्‍याली आएको बेला बम पड्किएको थियो । माओवादीको र्‍याली भन्दा पछाडि एमालेको र्‍याली थियो ।

कमेन्ट गर्नुहोस्