हात्ति भएको घमण्ड गर्दा माउते माओवादी हो भन्ने नबिर्सः प्रचण्ड

खोटाङ, असार ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा प्रचण्डले नेपाली कांग्रेस र एमाले हात्ती र माओवादी केन्द्र माउतेको भूमिकामा रहेको बताउनु भएको छ।
आइतबार दिउँसो खोटाङको सिम्पानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधान बनाउने बेला मैले नै सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री भनेर घोषणा गरेपछि संविधान बन्यो ।’
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्धारण र स्थानीय तहको निर्वाचन घोषणामा पनि माओवादीकै निर्णायक भूमिका रहेको बताउँनु भयो । उहाँले भन्नुभयो ‘हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान पनि देखिन्छ। तर, हात्तीलाई माउतेले तह लगाउँछ। अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीलाई गणतन्त्र, संघीयता र अहिले चरणसम्म घिसार्दै ल्याइपु¥यायौं।’

याे पनि पढ्नुस  चीनले भन्यो- परिबर्तनका लागि प्रचण्डको नेतृत्वदायी भूमिकाप्रति उत्साहित छौं

कांगे्रस तथा एमालेप्रति निकै आक्रोशित देखिनु भएका प्रचण्डले भन्नु भयो ‘हाम्रो पार्टी कांग्रेस–एमालेजस्तो सत्ताको लुछाचुडी गर्दैन, उनीहरु सहमति गर्छन्। तर, पालना गर्दैनन्। एउटाले अर्कालाई धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन्’, उहाँले अगाडि थप्नु भयो ‘बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ।’ सभामा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजनप्रसाद ढकाल र उपमेयरकी उम्मेदवार सुशील बान्तवा राईले गाउँपालिकाको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो। त्यसैगरी सिम्पानीको जनसभापछि अध्यक्ष प्रचण्डले दिक्तेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

याे पनि पढ्नुस  प्रचण्ड गृहजिल्ला जादैं

उहाँले १२ बुँदे समझदारीका बेला गीरिजाबाबूसित गणतन्त्रका लागि भएको ‘नेगोशियशन’ स्मरण गर्दै भन्नु भयो ‘ हामीले गणतन्त्रभन्दा तलको सम्झौता मान्दैनौं भन्दा गीरिजाबाबूले जाने त गणतन्त्रमै हो। तर, मैले पार्टीलाई मनाउन समय लाग्छ भनेको कुरा अहिले पनि स्मरण हुन्छ। माओवादी र सडकको जनलहरले मात्रै कांग्रेस गणतन्त्रमा आएको हो।’

याे पनि पढ्नुस  देश युवाहरुलाई नै जिम्मा लगाउने हो : प्रचण्ड (भिडियोसहित)

उहाँले एमाले गणतन्त्र विरोधी पार्टी भएको बताउँदै गणतन्त्र, संघीयता, स्थानीय तह, आर्थिक समृद्धि र राजनीतिक इमानको प्रतीक माओवादी भएको दावी गर्नुभयो ।

परिवर्तन र देशको समृद्धिको योजना माओवादीको भएको फेरि पनि चुनाव कांग्रेस, एमालेले जिते देश अप्ठ्यारोमा पर्ने बताउनु भयो ।

सभामा माओवादी नेता टंक राई, विश्लेषक हरि रोका, रुपाकोट मझुवागढी नगरपालिकाका मेयरका उम्मेदवार दुर्गाजयन्ती राई लगायतका वक्ताहरुले समेत सभालाई सम्बोधन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्