वेष्ट इण्डिजसँगको दोश्रो एकदिवसीय क्रिकेट भारतले जित्यो

असार १२  । वेष्ट इण्डिजसँगको दोश्रो एकदिवसीय क्रिकेट भारतले १ सय ५ रनले जितेको छ । आइतबार राति भएको खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई २ सय ५ रनमा रोक्दै भारतले १ सय ५ रनको जित हात पारेको हो ।

पानी परेपछि ४३ ओभरमा छोट्याइएको खेलमा वेष्ट इण्डिजले ६ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । उसका शइ होपले ८१ रन बनाए । भारतका कुलदीप यादवले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले अजिन्क्या रहानेको शतकको मद्दतमा ४३ ओभरमा ५ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

भारतका अजिन्क्या रहानेले एक सय तीन, कप्तान विराट कोहलीले ८७ र शिखर धवनले ६३ रन बनाएका थिए । जितसँगै भारतले ५ एकदिवसीय खेलको श्रृँखलामा १–० को अग्रता लिएको छ ।

पहिलो खेल वर्षाका कारण बिना नतिजा सकिएको थियो । यस्तै दक्षिण अफ्रिका संगको ट्वेण्टी–ट्वेण्टी क्रिकेट श्रृँखला इंग्ल्याण्डले २–१ ले जितेको छ । आइतबार राति भएको दोश्रो खेलमा १९ रनले जित्दै इंग्ल्याण्डले श्रृँखला जितेको हो ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिणफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले डेभिड मलानको विष्फोटक ब्याटिङ मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । मलानले ४४ बलमा १२ चौका र २ छक्का मद्दतले ७८ रन बनाए ।

कमेन्ट गर्नुहोस्