उदयपुरमा पैसा बाँडेको आरोप लागेका कांग्रेस उम्मेदवार रिहा, दलहरु एक अर्काको पिछा गर्दै

उदयपुर संवाददाता । भोलि हुने निर्वाचनको लागि उदयपुरमा एक दल कार्यकताले अर्को दललाई आर्थिक चलखेलको आरोप लगाउन सक्रिय भएका छन । ठुला दल नेपाली काङग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले राती राती जागै बस्दै एकले अर्काको पिछा गरी दौडिरहेका हुन ।

मौन अवधि सुरुभएपछि एकले अर्काको पिछा दल कार्यकर्ता, चोक, चिया पसल र गल्लीमा बसिरहेका छन । सार्वसाधरणको नाममा बस्नेत दलका कार्यकर्ताले गएको सोमबार राती उदयपुरको वेलका नगरपालिकामा सुटकेसमा पैसा लिएर बाँडदै गरेका नेपाली काङग्रेसका मेययरका उम्मेदवार अशोक कार्कीलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाउन भ्याएका छन । काङग्रेसबाट मेयरका उम्मेदवार बनेको कार्की पैसा बाँड्दै गरेको आरोपमा सर्वसारणको नाममा दलका कार्यकर्ताले प्रहरीलाई जिम्मामा लगाएका हुन ।

‘मौन अवधि जारी रहेको वेला उम्मेदवार कार्की राती सुटेसमा पैसा सहित वेलका २ को बन्डाँडाँको सुकुम्बासी बस्तिमा फेला परे,’ स्थानीय नवरावज गुरागाँइले भने, ‘इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर सुभास राईलाई खवर गरी जिम्मा लगाएका थियौ, पछि छाडियो, समय रातको १० वजेको थियो ।’ यसैगरी अर्का स्थानीय राम कार्कीले उम्मेदवार कार्कीले तपेश्वरी क्षेत्रमा रहेका सुकुम्बासी बस्तिमा भोज खाउ भोट देउ भन्दै हिडेको थाहा पाएपछि प्रहरीलाई खवर गरी जिम्मा लगाएको बताए । ‘उम्मेदवार कार्कीले आचरसंहिता विपरित काम गरेको मैले पाए,’ मैले प्रहरीलाई खवर गर्दा एमाले भएको आरोप समेत लाग्यो भन्दै भने, ‘उम्मेदवर कार्कीको सुटकेसको पैसा हेर्ने कुरो भएन, तर, प्रहरीले साथ लिएर गएपछि बाटौमै छाडिदिए ।’ कार्कीले थपे ‘म स्वतन्त्र कृषि पेशमा रमाउने मान्छेलाई एमालेको आरोप लगाए, सुुकुम्बासी बस्तिमा सुगुर काटेर खानलाई पैसा दिएको रहेछ ।’

याे पनि पढ्नुस  मोरङमा ४ हजार ३ सय ८७ जना चुनावी मैदानमा

सर्वसाधरणले काङग्रेसका उम्मेदवार कार्कीलाई घेरेपछि राती निकै बेरसम्म तपेश्वरमा तनवा समेत भएको थिए । आ–आप्mनो दलको उम्मेदवारका भोटको रक्षा गर्न बसेको बसेका सर्वसारणबीच झड्प समेत हुन लागेको स्थानीय रोयल आर्चाले बताए । इन्सेपक्ेर सुभावस राईले ५० हजार लिएर उम्मेदवार कार्कीलाई छाडिदिएको आरोप छ । ‘उम्मेदवार कार्कीको पैसाको बारेमा भागलपुर प्रहरी चौकीमा छलफल गर्ने भनेका इन्सपेक्र राईले सिधै रामपुर पु¥याए,’ अर्का स्थानीय पशुराम कठायतले भने, ‘रापमुर पुगेपछि ५० हजार भएपछि इन्सपेक्टरसँग मिलेको थाहा पाए । सुभावसँगै गएका एक प्रहरी जवानले कारवाही हुने केसमा इन्सपेक्टरले कारवाही नगरिकन छाडिदिएको बताए । ‘कार्कीसँग सुटेकस थियो, त्यसमा कति पैसा थियो थाहा भएन,’ मेरो नाम नभनिदिनु भन्दै भने, ‘सुटकेस उम्मेदवार कार्कीको डिकीबाट निकालिएको थियो ।’

याे पनि पढ्नुस  राष्ट्रपतिको भूमिकाप्रति कांग्रेसको शंका !

यस्तो छ उम्मेदवा कार्कीको भनाई

कार्कीले पैसा बाँडेको आरोपमा एमालेका कार्यकर्ताले सार्वसाधरणको नारा लगाउँदै घेराबन्दी गरेको बताएका छन । ‘म साथीहरुको पैसाले चुनाव लडिरहेको छु,’ उनले भने, ‘मेरो घर बेलका नगरपालिका १ आँम्बासी हो, घर पुगेर फर्कदै थिए, मेरो गाडी हिलोमा फस्यो, त्यही एमालेका कार्यकर्ता आएर पैसा बाँडेको आरोप लगाए ।’

रामपुरबाट आएको इन्सपेक्टर सुभास राईको टोलीले सुरक्षाको साथ रामपुर बजारमा रहेको डेरामा पुर¥यादिएको बातए । अहिले मिडियादेखि सामाजिक सञ्जालसम्म मलाई पैसा बाँडेको आरोप लगाएको छ । ‘मैले ५० हजार पनि प्रहरीलाई दिएको छैन, सुकुम्बासी बस्तिमा पनि भोज खान पैसा दिएको छैन,’ उनले भने, ‘काङग्रेसले चुनाव जित्ने भएपछि एमाले र माओवादी तर्सेर मलाई आरोप लगाएका हुन ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री देउवाद्वारा मतदान, आजै काठमाडौं फर्किने

प्रहरी समयमै नआएको भएर काङग्रेस र एमालेको झडप हुन लागेको भन्दै आफुले त्यसलाई नियन्त्रमा लिएको पनि बताए । ‘एमालेले तपेश्वर क्षेत्रमा नै चामल बाँडेको प्रमाण मसँग कसैले पनि कुरा सुन्दैन’ उनले भने ।
बेलका नपा क्षेत्रमा सवै राजनीतिक दलले आँचर संहिता उलंघन गरिरहेको बताउँदै रामपुर इलाका प्रहरी कार्यालयका इन्सपेक्र सुभास राईले उम्मेदवार कार्कीलाई एमाले घेराबन्दी गरेको बताए । ‘हामीलाई त्यहाँबाट काङग्रेसका मेयरका उम्मेदवार कार्कीले पैसा बाँडेको खवर आयो,’ उनले भने, ‘त्यहाँ पुग्दा झडप हुने अवस्था देखियो, हामीले भीडलाई नियन्त्र गरेर उम्मेदवार कार्कीलाई डेरामा पठाइदिएका हौं ।’

‘मैले ५० हजार लिएको भन्ने आरोप गलत छ, कार्कीको साथमा पनि पैसा भेटेका छौनौ’ इन्पेक्टर राई राईले भने, ‘यहाँ एमाले, काङग्रेस र माओवादीले आँचर संहिता उलंघन गरिरहेका छन ।’ राईले ‘कसैले पनि प्रहरीलाई टेरर्दैन, झडप हुने भएपछि मैले उम्मेदवार कार्कीलाई रामपुर ल्याएको हो ।’

कमेन्ट गर्नुहोस्