माओवादी केन्द्रका कार्यकर्ताद्वारा प्यूठानमा गाडी तोडफोड

प्यूठान, असार १३ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एक व्यवसायीको टोयटा हाईलेक्स पिकअप गाडीमा गएराति तोडफोड गरेका छन् ।

नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिकाका मेयरका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को गाडीमा तोडफोड भएको एमालेले जनाएको छ ।

याे पनि पढ्नुस  अर्जुनधारा एमालेले नगरका सबै तह तप्काका संगठन परिचालन गर्न

गाडी मालिक बालाजु श्रेष्ठले आफ्नै घरमा रोकिराखेको गाडीमा नारावासी सहित आएका माओवादी कार्यकर्ताले तोडफोड गरेको जनाएका छन् ।

सोमवार साँझ प्यूठान नगरपालिका वडा नं.४ मा खमल्दि बस्तीमा स्थानीयलाई भेला गरी मत प्रभावित पार्ने गतिविधि गरे लगत्तै विजुवार मित्रमणि चोकमा माओवादी कार्यकर्ताहरुले प्रदर्शन समेत गरेको एमालेको आरोप छ ।

याे पनि पढ्नुस  धेरै क्षेत्रहरुमा एमाले उम्मेदवार नै अग्रस्थानमा

‘माओवादीका केन्द्रिय कार्यालय सदस्य मणि थापा सहितको टोलीले हुलदङ्गा गर्यो’, एमाले प्यूठानका नगरपालिका निर्वाचन परिचालन कमिटीका संयोजक विजयविराज विष्टले भने, ‘सुनुयोजित रुपमा एमाले कार्यकर्तामाथि आक्रमणको प्रयास गर्दा समेत स्थानीय प्रहरी मुकदर्शक थियो ।’

मौन अवधिको समयमा प्रचार कार्य गरेर आचारसंहिता उल्लंघन गरेको आरोप एमालेको छ । माओवादी केन्द्र खमल्दिका कार्यकर्तालाई एमालेले पैसा बाँडेको भन्ने आरोपबारे बुझ्न सो ठाऊँ पुग्दा माओवादी केन्द्रले सभा गरेको एमाले कार्यकर्ता नविन श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  कास्कीमा नेकपा एमालेकै प्यानल विजयी

कमेन्ट गर्नुहोस्