कुन समयमा सेक्स गर्न रुचाउँछन महिला र पुरुष ?

प्रायजसो केटाहरु बिहानीपख सेक्स गर्न बढी रुचाउछन् भने केटीहरु राती सुत्ने समयमा यसप्रति बढी रोमान्टिक हुन्छन् भन्ने गरिन्छ।
यौन सम्बन्धमा सहजता र मधुरपना यही समय नमिल्दा हुने गरेको कतिपय अनुसन्धानले देखाएका पनि छ । सुत्ने समयमा महिलाहरुलाई यौन इच्छा हुँदा पुरुषहरु अर्कोपट्टि फर्केर सुत्ने गरेको समेत अधिकांश सर्भेहरु देखिएको छ । तर विज्ञान भन्छ– यसो हुनुमा पुरुषको कुनै दाष छैन, यो सबै हार्मोनको दोष हो ।

एक वैज्ञानिक खोजका अनुसार यो सबै हार्मोनको दोष हो जसले हाम्रो सेक्स उत्तेजनामा फरक पार्ने गर्छ । बिहान करीब ५ या ६ बजे, सुतेर उठ्नुभन्दा पहिला पुरुषको टेस्टेस्टेरोनको लेवल चरम हुन्छ । यस समयमा पुरुषको सेक्स हार्मोन अन्य समयमाभन्दा २५ देखि ३० प्रतिशत बढी हुने गर्छ । यस्तै महिलामा यो लेवल रातको समयमा बढ्ने गर्छ ।

अमेरिकन मेडिकल एसोसिएशन को यस अनुसन्धानका अनुसार पुरुष जति बढी समय सुत्ने गर्छन् त्यति नै टेस्टेस्टेरोनको मात्रा बढ्ने गर्छ । सुतेर उठेपछि पुरुषमा सेक्स हार्मोन जति बलियो बन्छ त्यति नै महिलामा कम बन्दै जान्छ ।

साँझ ६ बजेपछि जब सुरुषको सेक्स हार्मौनको मात्रा घट्छ तबबाट नै महिलाको हार्मोन बढ्न थाल्छ । रातको समयमा सेक्स हार्मोन कम भएता पनि पुरुषहरु सेक्स गर्नपछि हट्दैनन् किन कि महिलाभन्दा उनहिरुको टेस्टेस्टेरोन सधै बढी नै हन्छ ।

कमेन्ट गर्नुहोस्